उज्यालोको १६ औं वार्षिक साधारणसभा सम्पन्न

सुर्खेत:  उज्यालो बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–४ को १६ औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ । शनिबार सहकारीका शेयर सदस्य र कार्यसमितिको उपस्थितिमा साधारणसभा सम्पन्न गरिएको हो । तीन सय ६७ सदस्य रहेको सहकारीको कुल कारोबार एक करोड ९ लाख ३६ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा रहेको सहकारीका कोषाध्यक्ष तुलाराम विश्वकर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले सहकारीले उत्पादन र सीपमा जोडिन आवश्यक रहेको बताए ।


‘सहकारीबाट लिएको ऋणलाई उत्पादनमा जोड्न जरुरी छ । अनुत्पादक क्षेत्रमा लगानी गर्दा धेरै सहकारीहरु डुबेका छन्,’उनले भने, ‘केही सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि ल्याउनुभएको रहेछ । यसलाई प्रभावकारी ढंगबाट अगाडी बढाउनुहोस् ।’
सहकारीकी सल्लाहकार मञ्जु सुनारले सहकारीमा पैसाले पैसा कमाउँने भएकोले सोही अनुसार नै लगानी गर्नुपर्ने बताइन् ।
त्यस्तै सहकारीका अध्यक्ष दानसिंह सुनारले सहकारीले विभिन्न चुनौतीहरु पार गर्दै १६ वर्ष पार गरेको बताए । उनले यहाँ दलित समुदायका सदस्यहरु बढी भएकोले पनि यस समुदायलाई आर्थिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेलको बताए ।
साधारणसभामा अने सुनार अक्षयकोष छात्रवृति अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुलाई वितरण गरिएको छ । त्यस्तै उत्कृष्ट बचतकर्ता, शेयर सदस्य, जेष्ठनागरिकलाई  सम्मान समेत गरिएको छ ।