जयन्तीले स्थापना गरिन् १ लाख ५० हजारकाे अक्षयकोष


सुर्खेत : समाजसेवी जयन्ती थापाले लेकवेशी नगरपालिकाकाे वडा नम्वर ९ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय पोखरा भञ्ज्याङ्गमा अक्षय कोषको स्थापना गरेकी छन् । आफ्नो बैबाहिक जीवनको २५ औँ बर्षगाँठको उपलक्ष्यमा १ लाख ५० हजारको शुशील जयन्ती छात्रवृत्ती अक्षयकोषको स्थापना गरेकी हुन । विद्यालयलाई उनकी आमा पार्वती थापाले चेक हस्तान्त्रण गरेकी हुन् । उनले यसअघि पनि उक्त विद्यालयमा न्यानो कपडा वितरण गरेकी थिइन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ मा घर भई लामो समयदेखि अमेरिकामा बस्दै आएकी थापाले गरिव, असाहय, बेसहारा तथा जेहेन्दार बालबालिकाहरुलाई सहयोग गर्दै आएकी छन् । उनको भौतिक शरीर अमेरिकामा भएपनि मन भने नेपालमा रहेको भन्दै विभिन्न बालबालिकाहरुलाई सहयाेग गर्दै आएको छ । विषेश गरी उनले शिक्षा क्षेत्रमा धेरै सहयोग गर्दै आएकी छन् । दैलेखको ग्रामीण भेगमा जन्मेकी समाजसेवी थापाको प्रारम्भिक शिक्षा दैलेखमा सुरु भयो । उनले ५ कक्षासम्म सोही ठाउँमा पढिन् । पछि माथिल्लो पढाई सुर्खेतमा आएर एसएलसी, आईएड र स्नातक उत्तिर्ण गरिन् । त्रिभूवन विश्वविद्यालयबाटट समाजशास्त्र विषयमा स्नातकोेत्तर गरिन् । समाजमा अभावको पिडाले खेपिरहेकाहरुको ती दृश्य र उनमा सानै देखि समाजका लागि केही गर्नु पर्छ भने सोचले उनले समाज सेवा गरिरहेकी छन् । सन् २००८ मा रुकुममा सृजनसिल महिला विकास केन्द्र नामक संस्था स्थापना गरेर दुई बर्ष महिला हिंसा र विभेद विरुद्ध सामाजिक अभियान चलाईन् । भने दुई बर्ष रुकुममै अध्यापन पनि गराईन ।