श्रमजीवीकाे हकअधिकार सुनिश्चित नभए विकास सम्भव हुँदैन : प्रदेश प्रमुख परियार


सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले देशमा श्रमजीवी वर्गको हकहित, अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव नरहेकाे बताएका छन् । उनले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे१)¸२०२३ को अवसरमा शुभकामना सन्देश दिँदै यस्ताे बताएका हुन् ।
संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएपनि संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै महत्वपूर्ण कुरा रहेकाे उल्लेख गरेका छन् ।
उनले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफनो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको शुभकामना समेत दिएका छन् ।
प्रमुख परियारले आफनो अधिकारका लागि एकतावद्ध सङ्घर्ष मार्फत् विजय हासिल गरेको यस गौरवपूर्ण दिनले सम्पूर्ण श्रमिककाे पक्षमा काम गर्ने वातावरण मिल्ने अपेक्षा लिएका छन् ।