बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

सुर्खेत: इन्सेक द्वारा गठित सुर्यप्रकाश सिर्जनशिल बाल समुह पञ्चपुरी -२, पञ्चपुरी मानव अधिकार समूह र सुर्यप्रकाश माध्यामिक विद्यालयको समन्वयमा फागुन ०२ गते बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । कार्यक्रममा सुर्यप्रकाश माध्ध्यामिक विद्यालयका प्रध्यानाध्यापक टिकाराम बास्तोलाले यस्ता सचेतनामूलक सडक नाटकले बालविवाहविरुद्ध सचेतना जगाउन आवश्यक रहेको बताए । उनले सचेतनामूलक कार्यक्रमहरु समाजमा भइरहनुपर्ने बताए । सालकोटमा प्रदर्शन गरिएको सडक नाटकमा करिब २ सय जनाको उपस्थिति रहेको थियोे । सडक नाटकमा जातिय विभेद, बालबिवाहका असर तथा कानुनी प्रावधानका बारेमा जानकारी दिइएको थियो । सडक नाटकको सजिकरण इनसेकका सहजकर्ता ललिता विकले गरेकी थिइन् ।