१७ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै कर्णालमा `राष्ट्रिय बेटी सम्मेलन´ सम्पन्न

सुर्खेत:  १७ बुँदे कर्णाली घोषणापत्र जारीगर्दै छोरी लक्षित हानिकारक विरुद्धको राष्ट्रिय बेटी सम्मेलन वीरेन्द्रनगरमा सकिएको छ।
तीनदिनसम्म सञ्चालन भएको सम्मेलनमा महिलाहरु माथिको विभेद र हिंसा कर्णालीमा पनि ब्याप्त रहेको जनाइएको छ। दिगो विकास लक्ष्य ५ पुरागर्ने प्रतिवद्धता,सवै निर्णायक तहमा महिलाहरुकव अर्थपुर्ण सहभागिता भन्ने नाराको साथ छैठौ ऐतिहासिक राष्ट्रिय सम्मेलको आयोजना गरिएको हो।
कर्णालीमा घरेलु हिंसा, भ्रूण हत्या, बलात्कार, बालविवाह,बोक्सी प्रथा, छाउपडी प्रथा, देउकी प्रथा लगायतका महिला हिंसाका थुप्रै कु–संस्कार, कु–प्रथा समाजमा आजभोलि पनि यस्तै रहेको सम्मेलनको ठहर रहेको छ।
महिलाहरुलाई आत्मनिर्भर वनाउन नयाँ नयाँ सिप, कला, दक्षता र प्राविधिक शिक्षामा चेलिवेटीहरुको उल्लेखनिय ,ब्यापक सहभागिता गराउन माग समेत गरेको छ। घोषणापत्रमा छोरीबेटी माथि हुने विभिन्न किसिमका हिंसा अन्त्य गर्नुपर्ने, महिला अधिकारको अर्थपुर्ण सहभागिता गराउनुपर्ने उल्लेख गरिएको छ।
अभियानकी संयोजक नजबुल खानले आसनमा महिला, भाषणमा महिला, शासनमा महिलाको सहभागिताको लागि आभाशा अभियान सुरुवात गरिएको बताइन् । महिला अधिकारको विषय लामो सयमदेखि बहसमा रहेपनि महिला सहभागीतमा नेपालका राजनीतिक दलहरु चुकेको ठहर सम्मेलने गरेको छ।
राजनितिक स्थिरताको लागि दलहरुबिच गठबन्धन गर्ने नाममा सविंधानको भावना अनुसार महिलाहरुको प्रतिनिधित्वमा कटौती गर्ने काम भएको उनले बताइन् ।
उनले परिवर्तनको शुरुवाता आजैंबाट र अहिलेबाटै गर्नुपर्नेमा जोड दिइन् ।


विशेषगरी कर्णाली प्रदेशमा देखिएको होचा, पुड्काेपनाको अवस्था र कारणहरुको अध्ययन गरी ति सवालहरुलाई यथोचित सम्बोधन हुनेगरि खाद्य सुरक्षा तथा पोषण सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्न प्रदेश र स्थानीय सरकारलाई पैरवी र सहकार्य गर्ने समेत भनिएको छ।
कर्णाली प्रदेश सरकार लगायत कर्णाली प्रदेशका स्थानीय सरकारहरुको ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ र ‘छोरी बुहारी छात्रवृत्ति कार्यक्रम’ लगायतका महिला सशक्तिकरणका कार्यक्रम तथा अभियानहरुको निरन्तरता र प्रभावकारीता बढाउन आवश्यक पैरवी तथा सहकार्य गर्ने संयोजक खानले जानकारी दिइन् ।
उनले जाजरकोट भुकम्पबाट जोखिममा रहेका पिडितहरुको सुरक्षा र पुनःस्थापनाका कार्यहरुलाई तिब्रगतिमा अगाडि बढाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आवश्यक सहकार्य समेत गर्ने बताइन् ।


अभियान संयोजक भएर देशभर घुमिरहेकी खानले कर्णाली प्रदेश आफ्नो लागि सपनाको शहर समेत भएको जिकिर गरिन्।
त्यस्तै देवी भटराइको संयोजकत्ममा कर्णाली प्रदेशस्तरिय राष्ट्रिय अभायन कर्णाली प्रदेश समिति समेत चयन गरिएको छ।
समितिको प्रवक्तामा शान्तिक सिहं चयन भएकी छन् । हुनुभएको छ भने व्यवस्थापकमा निर्मला आर्चाय चयन भएकी छन् । २०७५ सालमा कोशी प्रदेशको उदयपुरबाट सुरु भएको ‘बेटी अभियान’ देशका ६ प्रदेशमा सम्पन्न भएको छ।
माघ २७ गतेदेखि वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको उक्त `बेटी सम्मेलन’लाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका थिए ।
सम्मेलनमा जाजरकोट भुकम्पबाट जोखिममा रहेका पिडितहरुको सुरक्षा र पुनःस्थापनाका कार्यहरुलाई तिब्रगतिमा अगाडि बढाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आवश्यक सहकार्य समेत गर्ने बताइकाे छ ।