सहजकर्ताहरुका लागि १० दिने रुपान्तरण तालिम सम्पन्न

सुर्खेत: कर्णाली प्रदेशमा बालविवाह राेकथाम परियाेजना अन्तर्गत रुपान्तरण सहजकर्ताहरुका लागि १० दिने रुपान्तरण तालिम बुधबार सुर्खेतमा सम्पन्न गरिएको छ ।
आवाज संस्था, १०९८ काे आयोजना, बालविवाह अन्त्य गराैं र युनिसेफकाे समन्वयमा पाँच जिल्लाका ३० जना सहभागिले तालिम लिएका हुन् ।
तालिमकाे समापन कार्यक्रममा आवाजकी संस्थापक अध्यक्ष इराधा गाैतमले रुपान्तरण तालिमले सहजकर्ताकाे जीवनमा सहयाेग पुग्ने विश्वास व्यक्त गरिन् । त्यस्तै आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले तालिममा सिकेका कुराहरुलाई समुदायमा लागू गर्न सहजकर्तालाई सझाव दिइन् ।

उनले सबैकाे पहलबाट नै समाजमा बालविवाह, महिला हिंसाकाे न्यूनिकरण गर्न सकिने बताइन् । १० दिनसम्म सहभागीहरुलाई धेरै ज्ञान दिइकाेले त्यसलाई व्यवहारमा उतार्न प्रशिक्षक रुपा जाेशीले बताइन् ।
तालिमबाट रुपान्तरण सम्बन्धी थुप्रै विषयहरुमा ज्ञान प्राप्त भएकाे वीरेन्द्रनगर -३ की लक्ष्मी राेकायले बताइन् । उनले यहाँ सिकेकाे ज्ञानलाई घरपरिवार, समुदायमा समेत लागू गर्ने प्रतिवद्दता व्यक्त गरिन् ।