वडाबाटै सामाजिक सुरक्षा भत्ता विरण गर्न थाले अध्यक्ष भण्डारी

भत्ता वितरण गर्दै अध्यक्ष भण्डारी

सुर्खेत :  बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण सुरु गरेका छन् । नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन पालिका आउँदा खर्चिलो हुने भएकोले वडाबाटै वितरण गर्न थालिएको अध्यक्ष भण्डारीले बताए । `एउटा व्यक्ति पालिकासम्म भत्ता लपन आउँदा १५ सय रुपैयाँसम्म खर्च हुन्छ । यदी बैंकमा भिडभाड भए बास समेत बस्नुपर्छ,`उनले भने, `उक्त समस्यालाई मध्यनजर गर्दै वडाबाटै वितरण सुरु गरेका छाैं ।`
उनका अनुसार यसअघि विभिन्न कानुनी जटिलता भएपनि त्यसलाई फुकाउँदै वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको छ। सोमबार वडा नम्बर ४ बाट भत्ता वितरण सुरु गरिएको छ । क्रमश अन्य १० ओटा वडाहरुमा पनि यसैगरी वितरण गरिने अध्यक्ष भण्डारीकाे भनाई छ ।


यस कार्यमा सहजीकरण गर्ने नबिल बैंक बराहताल शाखा, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, प्रहरी चौकी बड्डीचौर, प्रहरी चौकी तरंगा लगायत सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई धन्यवाद उनले धन्यवाद समेत दिएका छन्।
उनले आगामी दिनमा पनि सराेकारवाला निकायहरुलाई नागरिक सेवाका लागि साथ, सहयोग समन्वयको अपेक्षा गरेको बताए ।