सुर्खेत: दैलेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको फोर्स गाडी बाँगेशीमल प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुइ बालबालिकासहित १६ जना यात्रु घाइते भएका छन् । उनीहरूको आठ जनाको प्रदेश अस्पताल, पाँच जनाको माया नर्सिङ होम र तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।
दुर्घटनाको कारण खुलेको छैन् भने फोर्स गाडी सडकदेखि १२ मिटर तल खसेको उनले बताए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खुलानजर । १५ फाल्गुन २०८१, बिहीबार १४:४८