सुर्खेतः पञ्चपुरी नगरस्तरीय मानव अधिकार समुहले डिभिजन वन कार्यालय भेरी बाबियाचौर सुर्खेतलाई ध्यानाकर्षण पत्र दिइएको छ । समुहले शुक्रबार डिभिजनल वन अधिकृत जीतेन्द्र महतलाई मानव अधिकार शिक्षा कार्यक्रम अन्र्तगत पहिचान गरेका समस्या अनुसार खडेरी सुरु भएसंगै डढेलोको सम्भावना बढि रहेको नियन्त्रणका लागि आवश्यक पहल कदमी गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र दिएको हो । समुहले दिएको पत्रमा लेखिएको छ– ‘वर्खा लागेपछि आगोलागीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढि हुने गर्छन् । यसको नियन्त्रणका लागी स्थानीय सरकार र स्थानीय वन डिभिजन कार्यालयको प्रमुख भुमिका रहन्छ । त्यसैले यसमा चासो राख्न हामी जोडदार माग गर्दछौं ।’ डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटि र काठ दाउरा लगायत जैविक तथा पर्यावरणीय क्षति पुर्याउने हुँदा न्युनिकरणका लागि सबैको महत्वपुर्ण भूमिका रहने समुहले जनाएको छ । डिभिजन वन कार्यालय भेरी बाबियाचौरका डिभिजनल वन अधिकृत जीतेन्द्र महतले आगलागी र डढेलो न्युनिकरणका लागि सामुदायिक वन समुह, समुदाय र विभिन्न निकायहरुसँग समन्वय गरेर काम गरिहरेको बताए । आगामी दिनमा समेत यस्ता घटना हुन नदिन वन कार्यालय सचेत रहेको उनको भनाई छ । ध्यानाकर्षण पत्र हस्तान्तर कार्यक्रममा पञ्चपुरी मानव अधिकार समुहका सदस्यहरु गोरख बि.क, डम्मादेवी बयक, बिमला बि.क, धनरुपा बि.क र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयका कार्यक्रम अधिकृत ललिता बि.कको सहभागिता रहेको थियो ।
खुलानजर । ५ बैशाख २०८२, शुक्रबार १६:४१