
वीरेन्द्रनगर वडा नम्बर ३ वडा अध्यक्ष तथा नगर शिक्षा समितिका सदस्य बिनोद सिंह बिष्ट को भनाई…
मेरो वडामा श्री हरिडिल भुमी मा.बि. मा दुई जना दक्ष,अनुभवी र इमानदार मा. बि. दरबन्दी शिक्षक ल्याइयो र ११ शिक्षा संचालन अनुमति अनि १ करोड बराबरको शैक्षिक भवन यहि वर्ष निर्माण गर्ने हो।साथै श्री जगन्नाथ प्रा. बि. मा २ जना दक्ष,अनुभवी र इमानदार शिक्षक दरबन्दी ल्याएको छु।यो कार्य राम्रो कि नराम्रो प्रतिक्रिया दिने जिम्मा मेरो वडाबासीहरुलाई दिए??
हाम्रो वीरेन्द्रनगर नगरपालिकाले स्थानीय सरकार संचालन ऎन २०७४ को कानुनी ब्यबस्था अनुसार स्थानीय सरकारको पुनः संरचना २०७४ मा भएदेखि गर्न नसकिएको शिक्षा ऎन निर्माण गरि पुर्णतया लागु गरेको हो।२०७४ सालदेखी लागू हुन नसकेको काम अहिले आएर हुनु शिक्षा क्षेत्रमा एउटा क्रान्तिकारी कदम हो।यस्तो स्वागत योग्य कार्यको स्वागत गर्दै दरबन्दी मिलानमा पालिका भित्र नै सरुवा भएका अधिकांश शिक्षकहरुले अहिलेसम्म रवाना बुझिसकेका छ्न।वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निजामतीकर्मचारी, स्वास्थ्यकर्मी, प्राबिधिक, नगर प्रहरी, जनप्रतिनिधिहरुको जिम्मेवारी फेरबदल हुँदा सबैले मानेर पाएको जिम्मेवारी नि:शर्त पालना गरेकै हो।तर यो नपढाउने घटनामा देखिएका शिक्षकहरुलाई के भयो?(“कुरा बुझ्नुभयो होला हैन।नपढाउने घटनामा देखिएका र प्रहरीले तिमि आफ्नो काम गर यो तिम्रो बिषय हैन भन्दै आफ्नै भाषामा सम्झाएका प्रात्रहरु।)
यिनै विद्यार्थीलाई नपढाउने सरकारको सेवा सुबिधा लिनेको अब केही दिनमै पेशा खोसिन्छ।।चैट चैट हुन्छ ।

खुलानजर । १८ कार्तिक २०८२, सोमबार १०:४३