
सुर्खेत: मानव अधिकार, सामाजिक न्याय तथा दलित समुदायका महिलाको अधिकारका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदी सम्मानित भएका छन् । सुवेदीसँगै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापा पनि सम्मानित भएका हुन् ।
दलित महिला संघ (फेडो) सुर्खेतले ०८३ असाेज ३१ गते आफ्नो १०औँ वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनका अवसरमा वीरेन्द्रनगरमा सुवेदी र थापालाई सम्मान गरेको हो। मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनसँगै दलित तथा सीमान्तकृत समुदायका महिलाको अधिकार र सामाजिक न्यायका पक्षमा निर्वाह गरेको भूमिकाको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको संघले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख थापाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत बलवीर सुनार, इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक सुवेदी, दलित सेवा संघका केन्द्रीय अध्यक्ष सञ्जु सिंह विश्वकर्मा, गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारु र मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयाेजक पीताम्बर ढकाललगायतको सहभागिता थियो। त्यस्तै, आवाज संस्थाका निर्देशक पवित्रा शाही, अधिवक्ता गीता कोइराला, संकल्पका अध्यक्ष खैरुन निसा, सुन्दर नेपाल संस्थाका कार्यवाहक अध्यक्ष उमा आचार्य, सञ्चारिका समूह सुर्खेतका अध्यक्ष दीपा कोइराला, पत्रकार ललित बसेल, महिला तथा दलित अधिकारकर्मी मालती विकलगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीको उपस्थिति थियो।

खुलानजर । २ कार्तिक २०८३, आईतवार १६:०४