कर्णालीका सबै वडामा मनोपरामर्शकर्ता आवश्यक छ :सांसद ओली


ललिता विश्वकर्मा ओड
सुर्खेत: कर्णाली प्रदेशका ७९ वटै पालिकाका वडाहरुमा मनाेपरामर्शकर्ता आवश्यक रहेकाे कर्णाली प्रदेशकि सांसद एवं सामाजिक विकास समितिकी अध्यक्ष देवी ओलीले बताएकी छन् ।आइतबार वीरेन्द्रनगरमा मनोपरामर्शकाे लागि सञ्चालन गरिएको ६ महिने तालिमकाे उद्घाटन गर्दै यस्ताे बताएकी हुन् ।
पिस नेपालले विगत लामो समयदेखि काठमाडौंमा मनोपरामर्शको तालिम दिंदै आएपनि याे वर्षबाट कर्णाली प्रदेश लक्षित गरेर सुर्खेतमा शाखा खाेलेकाे छ ।

कार्यक्रममा बोल्दै सामाजिक विकास समितिकि अध्यक्ष ओलीले समाजमा विभिन्न घटनाहरु लागुपदार्थ र दुर्वयसनीबाट हुने भएकाेले यसको अन्त्य मनोविमर्श कर्ताबाट मात्र सम्भव भएको बताइन् । प्रत्येक वडामा मनोविमर्शकर्ता राख्न सामाजिक विकास समितिले आवश्यक पहल गर्न तयार रहेकाे बताइन् ।

पछिल्लो समयमा शारीरिक स्वास्थ्यमा समस्या आएपछि मात्र समस्या मानिने तर सामाजिक, मानसिक स्वास्थ्यको कदर नहुँदा धेरै मानिसहरू मृत्युको सिकार हुनुपरेको सुर्खेत क्याम्पस शिक्षाका प्रमुख माधव प्रसाद खनालले बताए ।

कर्णाली प्रदेशका नागरिकहरु मनाेविमर्शकर्ता पढ्नको लागि काठमाडौं जानुपर्ने र खर्च महंगो हुने हुँदा धेरै भन्दा धेरै मनोविमर्शकर्ता उत्पादन गर्न सुर्खेतमा शाखा खाेलेकाे पिस नेपालका कार्यकारी अध्यक्ष जीवन पौडेलले बताए ।
यस संस्थाले काउन्सिलिङ साइकोथेरापी, मेडिटेसन, योगा रिल्याक्सेसन, लाफ्टर थेरापी, साईक्याट्रीक कनसल्टेसन तथा ट्रेनिङ सेवा दिनेछ । सुर्खेतमैं मनोपरामर्श सम्बन्धी गुणस्तरिय सेवा दिन प्रत्येक महिनामा काठमाडौंका मनोविमर्शविदबाट तालिम दिने संस्थाले जनाएको छ ।