लामिछाने मृत्यु प्रकरण बारे छानबीन गर्न समिति गठन


सुर्खेत: डिभिजन वन कार्यालयको हिरासतमा रहस्यमय मृत्यु भएका धनिराम लामिछाने घटनाको छानबीन गर्न समिति गठन भएको छ। मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरिएको छ।
समितिलाई ७ दिनभित्र छानबीन गरी प्रतिवेदन बुझाउँन निर्देशन दिईएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले जानकारी दिए । बिहीबार वीरेन्द्रनगर–१३ भूतचोक ५८ वर्षीय धनिराम लामिछानेले सालको रुख काटेको आरोपमा पक्राउ परेका थिए।
तर, हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित बनेका आफन्तहरुले बिहीबार साँझदेखी कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन्। उनीहरुले वनका कर्मचारीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा समेत जाहेरी दिएका छन् ।                                                                             याे पनि.. https://khulanajar.com/?p=443