सुर्खेत: मानवअधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम असोज ३ गतेदेखि सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय स्वास्थय सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले मानवअधिकारको क्षेत्रमा काम गर्ने मानवअधिकार रक्षक आफु मनोसामाजिक रुपमा ठिक भए मात्रै समाजमा काम गर्न सक्ने बताए ।
प्रमुख शाहीले मनोसामाजिक समस्या विकराल बन्दै गएको भन्दै मानवअधिकार रक्षकलाई पनि त्यस्तो समस्या उत्पन्न हुने भएकोले उक्त तालिमले महत्वपुर्ण भूमिका खेल्ने विस्वास व्यक्त गरे ।
त्यस्तै मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले मानसिक रुपमा आएका समस्या व्यवस्थापन गर्नसक्नु नै मनोसामाजिक समस्याबाट छुटकरा पाउनु रहेको बताए ।
संयोजक ढकालले शान्ति, प्रेम र धैर्य यी तीन विषयलाई ख्याल गरेर जीवन अगाडी बढाए मानसिक रुपमा हुने समस्याबाट समाधान गर्न सकिने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले मानोसामाजिक समस्या बाहिर केही नदेखिने भएपनि भित्रिरुपमा त्यसको समस्या विकराल हुने र समयमै उचित परामर्श आवश्यक रहेको बताए ।
प्रमुख गौतमले समाजिक रुपमा अपहेलना हुने डरले मानसिक समस्या भएकाहरु स्वास्थ्य संस्थामा खुलेर नआएको बताउँदै फेरिदो जीवनशैली र सुविधाभोगी बानीका कारण यो समस्या विकराल बन्दै गएकोप्रति दःख व्यक्त गरे ।
त्यसैगरी इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले अरुको अधिकारका लागि आवाज उठाउने मानवअधिकार रक्षक आफैलाई पनि मनोसामाजिक समस्या हुनसक्ने भएकोले त्यसको समाधानका लागि तालिमको आयोजना गरिएको बताए ।
यो तालिमबाट रक्षकहरुले समाजमा मानोसामाजिक समस्याको संयोजक सुवेदीले पहिचान गर्न सहज हुने विस्वास व्यक्त गरे ।
तालिमबाट सिकेका ज्ञान र सिपहरु व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिए । उद्घाटन कार्यक्रमको सञ्चालन इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले गरेका थिए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र रुकुमपश्चिमबाट २५ जना मानवअधिकार रक्षकहरुको सहभागीता रहेको इनसेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिए ।
भदौ ४ गतेसम्म चल्ने यो तालिमको प्रशिक्षकका रुपमा मनोसामाजिक विमर्शकर्ता सर्मिला विसी, मनोरोग विशषेज्ञ डा. सुशील समदर्शी र क्लिनिकल साइकोलोजिस्ट पुर्ण रावत रहेका छन् । उनीहरुले प्राथमिक मनोवैज्ञानिक सेवाको परिचय र सिद्धान्त, मनोसामाजिक सहयोगका आधारभूत सिप, सिद्धान्त तथा सामना गर्ने सिप, तनाव रोगका चक्र, कारण, असर, लक्षण र पहिचान सम्बन्धी छलफल, मानसिक स्वास्थ्य सम्बन्धी लान्छना तथा विभेदको अवस्था, कारण र असरको विषयमा प्रशिक्षण दिनेछन् । त्यस्तै आधारभूत सञ्चार सिप, मनोसामाजिक समस्या र चिकित्सा विज्ञान, सहयोग संयन्त्र सिफारिस प्रक्रिया र पद्धती र आरामदायी अभ्यासको विषयमा समेत प्रशिक्षकहरुले छलफल र अन्तरक्रिया गर्नेछन् ।
खुलानजर । ३ आश्विन २०८०, बुधबार १९:०८