तारा एयरको जहाजमा चिल ठोक्किएपछि…

सुर्खेत : नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।
बुधबार दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवार चालकदलका यात्रु भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।