सुर्खेत: अमेरिकामा बस्दै आएकी सुर्खेतकी जयन्ती थापाले वीरेन्द्रनगर स्थित प्रशान्ति बृद्धाश्रममा आफ्नो छोराको जन्म दिन मनाएकी छन्।
अमेरिका गएका ८ बर्षपछि परिवारसहित नेपाल फर्किएकी थापाले बुधवार छोरा जेशन चन्दको दशौं जन्मदिन बृद्धाश्रममा मनाएकी हुन्।
जन्मदिनको अवसरमा उनले बृद्धाश्रममा आश्रितहरुलाई बिहानको खाना खुवाएकी छन् भने १५ हजार रुपैयाँ नगद सहयोग गरेकी छन्।
लामो समयपछि नेपाल फर्किएकाले यहाँ गरिने सबै गतिविधिको सुरुआत् ज्येष्ठ आमाबुवाको आर्शिवाद लिएर सुरु गरेको उनले बताईन्। ‘कुनै पनि काम गर्दा बाबाआमाको साथ लिएर गर्नू भन्ने सामाजिक मान्यता हुन्छ, मैंले पनि यहाँ वृद्धाश्रममा भएका हजुरहरुबाट आर्शिवाद लिएर यहाँको बसाई र कार्यलाई सुखद् बनाउन चाहन्छु।’ उनले भनिन्। कार्यक्रममा उनका बुवा आमा र छाेराछाेरीकाे समेत सहभागी भएका थिए।
२०१४ मा अमेरिका गएकी थापाले आफ्नो नेपालका विभिन्न जिल्लाहरुमा असहाय, गरिब तथा जेहेन्दार बालबालिका, जेष्ठनागरिकलाई आर्थिक, खाद्यान्न, लुगाकपडा र पढाइ लेखाइमा समेत सहयोग गर्दै आएकी छन्।
खुलानजर । ११ जेष्ठ २०७९, बुधबार १५:१९