सुर्खेत: डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतका कर्मचारीको कुटाईबाट धनिराम लामिछानेको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। कर्मचारीको कुटाईबाट लेकबेशी नगरपालिका–१० का अन्दाजी ५८ वर्षीया लामिछानेको बिहीबार मृत्यु भएको भन्दै आफन्तले आरोप लगाएका हुन्। लामिछानेकाे परिवार वीरेन्द्रनगर नगरपालिका-१३ भुतचाेकमा बस्दै आएका छन् ।
लामिछानेका आफन्तका अनुसार मदन भण्डारी राजमार्गमा टाँचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले लामिछाने र उनको श्रीमतिलाई पक्राउ गरि कुटपिट गरेको बताएका छन्। भने कुटपिट गरेर लामिछानेलाई मारेको र अन्तिममा डोरीमा झुण्डाएको आफन्तको आरोप रहेको छ।
भाई रामप्रसाद लामिछानेले घर बनाउँनका लागि सानो रुख काटेको आरोपमा भाउजुलाई पहिला वन कार्यालयले पक्राउ गरेर ल्याएर राखेको आफन्तकाे आरोप छ । ‘पछि वन कार्यालयबाट मिल्ने कुरा गएर घर गए, झुक्काएर दाईलाई वनका चार जना कर्मचारीहरुले, लतार्दै, पिट्दै ल्याएका रहेछन् । अनी भाउजुलाई बाहिर निकाले र दाईलाई भित्र पठाएपछि यस्तो घटना घट्न पुग्यो,` मृतकका आफन्तले भने ।
यस्तै, उनिहरुको अहिले डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत कार्यालय अगाडी विरोध जनाएका छन्। यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभई उनले आत्महत्या गरेको दाबी गरेको छ।
सावित्रा विक । २ भाद्र २०७९, बिहीबार १९:४३