सुर्खेतः कर्णाली प्रदेशका कृषि सचिव चढ्ने कारले मोटरसाइकललाई ठक्करदिँदा दुई जना घाइते भएका छन् । शुक्रबार वीरेन्द्रनगर–६ आँखा अस्पताल चोकमा कर्णाली प्रदेश ०२००१ झ ०१३२ नम्बरको कर्णलीका कृषि सचिवले प्रयोग गर्दै आएको लु ७३ प २८८७ नम्बर कारले मोटरसाईकललाई ठक्कर दिएको हो ।
कारले ठक्करबाट भैरवी गाउँपालिका– २ बर चिन्तामय स्थायी ठेगाना भएका २७ वर्षीय हरी थापा र एमपीकुमार थापा घाइते भएका छन् । उनीहरु सवार मोटरसाईकललाई कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते दुवै जनाको माया नर्सिङ होममा उपचार भइरहेको छ । थापाद्वयका टाउको र खुट्टामा चोट लागेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
विदाको दिन सरकारी गाडी किन चलाइयो तथा पास भए नभएको नखुलेकाले चालक र कार नियन्त्रणमा लिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
खुलानजर । ३ भाद्र २०७९, शुक्रबार १२:४६