होलीमा गोरेटोले लाइभ कन्सट गर्दै

सुर्खेत : वीरेन्द्रनगरमा होली लाइभ कन्सट हुने भएको छ। होलीको अवसरमा सुर्खेतमा विभिन्न कार्यक्रमको आयोजना हुने गरेपनि लाइभ कन्सटको आयोजना भने पहिलो पटक हुन लागेको हो।

आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर गोरेटो रेष्टुरेन्टको आयोजनामा पहिलो पटक लाइभ कन्सट हुन लागेको जानकारी गराइएको हो। रंगहरुको पर्व होली, रिसरागलाई छोडेर आपसी मेलमिलाप र सदभावनाको सन्देश लाइभ कन्सटको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक सुर्वण थापाले बताए।

उनले गोरेटो रेष्टुरेन्टमा यही फागुन २२ गते कार्यक्रमको आयोजना गरिएको बताए। रङहरूको पर्व होलीलाई भब्य बनाउन चर्चित कलाकार अल्मुडा राना उप्रेती लगायत सुर्खेतका कलाकारहरुको पनि विषेश प्रस्तुति रहने भएको छ। देशका विभिन्न ठाँउमा यस्ता खाल्का कार्यक्रम हुने गरेकाले अव सुर्खेत पनि कर्णालीको राजधानी भइसकेकाले कार्यक्रमको आयोजना गरिएको व्यवस्थापक थापाले बताए ।