जुम्ला : जुम्लामै छायाङ्कन गरिएको चलचित्र ‘प्रकाश’लाई प्रदर्शनकाे लागि हलहरुले प्रर्याप्त शाे नदिइएकोप्रती जुम्लाका युवाहरूले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत ध्यानाकर्षण पत्र बुझाइएका छन् । ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यलय जुम्ला मार्फत नेपाल चलचित्र संघ, चलचित्र विकास बोर्ड, सूचना तथा संचार मन्त्रालय र सांस्कृतिक तथा पर्यटन मन्त्रालय काठमाडौंलाई बुझाइएको हो ।
कर्णालीको परिवेश, संस्कृति र खस भाषामा छायांकन गरिएकाे चलचित्र प्रकाशलाइ दिईएकाे शाे प्रयाप्त नभएकाे निर्माण टाेलीले जनाएकाे छ ।
`कर्णालीवासिको प्रतिनिधित्व गर्दै निर्माण भएकाे चलचित्रलाई विभिन्न बहानामा गरिको विभेद सम्पुर्ण कर्णालीलाई विभेद गरिनु हो´ भन्दै निर्माता अनुप थापासहित जुम्ली युवाहरूले विराेध जनाएका हुन् ।
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र प्रकाशमा कर्णाली बिशेष कथा तथा खस भाषाकाे प्रयाेग गरिएको छ । प्रदर्शनमा आएदेखि झन धेरै चर्चा बटुल्न थालेकाे छ भने चलचित्रले बक्स अफिसमा राम्रो कमाएको छ ।
खुलानजर । १२ भाद्र २०७९, आईतवार १९:१६