सुर्खेत: नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११ औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव पहिलो पटक सुर्खेतमा आयोजना गर्ने भएको छ । चलचित्र महोत्सव यही कात्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालयको कुइनेपानीस्थित सेमिनार हलमा आयोजना हुन लागेको हो । निःशुल्क हेर्न सकिने महोत्सवमा ५ युरोपियन र ३ नेपाली चलचित्र प्रर्दशन गरिनेछ ।
‘‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ, सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो्,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेल हिभोनेटले भने ।
१३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी। रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुनेछन् । चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको थियो ।
महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी हुन् । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाइने अन्य दुई नेपाली चलचित्रहरू हुन । ओपनिङ्ग फिल्म ‘गड्स् अफ मोलेन्बीक’ रिता हुतानेनले निर्देशन गरेको वृत्रचित्त हो । यो चलचित्र ब्रसेल्स्को मोलेन्बीक इलाकामा रहेका दुई ६ वर्षीय बालकको अन्तक्र्रिया र कल्पनाको सेरोफेरोमा आधारित छ । चलचित्रमा उनीहरूले माकुराको आवाज सुन्छन्, ब्ल्याक होल पत्ता लगाउँछन् र आफ्नो पूर्खाको भूमिमा पु¥याउने भनिएको उड्ने गलैँचाको कमाण्ड कसले गर्ने भनेर बाझाबाझ गर्छन् । उनीहरू एउटै भवनमा बस्छन् तर पृथक दुनियाँबाट आएका हुन्छन् ।
उनीहरू मिलेर ठुलठुला प्रश्नका उत्तर खोज्छन् । अमिनले मान्ने भगवान अल्लाह पहिले नै तय भैसकेकोले आतोसलाई पनि आफ्नै अर्कै भगवानको चाहे छ तर भगवानमा विश्वास गर्नेहरू पागल हुन् भन्ने उसको अर्को साथी फ्लोको भनाईले अवस्थालाई जटिल बनाउँछ । नजिकैको मेट्रो पार्कमा बम विष्फोट भएसँगै बयस्कहरूको संसारमा रहेको खतराले बालबालिकाहरूको खेललाई अवरोध पु¥याउँछ । बाटाभरी सैन्य ट्याङ्कहरू, हतियार बोकेका सिपाहीहरू र प्रहरीहरू देखिन्छन् । सुत्ने बेला भन्ने कथाहरूमा पनि हिंसाका चित्रहरू देखिन्छन् र मित्रताहरूलाई पनि परीक्षणमा राखिन्छ । एउटा अपेक्षित परिवर्तनले तिनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।
महोत्सव अन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ । चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरक्लास सञ्चालन गर्नेछन्। चलचित्रकर्मी बिडारीले कात्तिक २२ गतेको पहिलो प्रहरमा नै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । उनी भन्छन्, ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रुपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रुपान्तरण गर्ने प्रक्रियाको बारेमा आफ्नो अनुभव बाँड्नेछु ।’ बिडारीले अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक गरेका छन् ।
खुलानजर । ५ कार्तिक २०७९, शनिबार १८:५३