सुर्खेत: राष्ट्रप्रति विद्यादेवी भण्डारीले स्वच्छ पत्रकारिताले मात्र राष्ट्र र समाजप्रतिको दायित्व पूरा हुने बताएकी छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघको सुर्खेतमा आयोजित केन्द्रीय साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न सुझाव दिँदै पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन, व्यक्तिको आत्मसम्मानमा ठेस पु¥याउने काम भएको छ कि छैन भनेर विचार गर्नुपर्ने बताइन् ।
‘पत्रकारिता क्षेत्रका समस्याबारे तपाईंहरू पनि पक्कै चिन्तित हुनुहुन्छ होला, पत्रकारिताले राष्ट्र र समाजप्रतिको हाम्रो दायित्व पूरा गर्न मद्दत पु¥याएको छ कि छैन, लोकतन्त्र बलियो बनाउने, आवाजविहीनको आवाज बन्ने काम भएको छ कि छैन, पत्रकारिताको व्यावसायिक अभ्यास भएको छ कि छैन, त्यसतर्फ गम्भीर हुन आग्रह गर्दछु,’ उनले भनिन्, ‘स्वच्छ पत्रकारिताको विकास र अभ्यासले मात्र राष्ट्र र समाजप्रतिको दायित्व पूरा हुने अपेक्षा लिएकी छु ।’
अनलाइन र सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपिएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
उनले पत्रकारिता क्षेत्रको कानून निर्माण, सुरक्षा र रोजगारी तथा व्यावसायिक विकासमा जिम्मेवार निकायलाई ध्यान दिन ध्यानाकर्षण गराएकी छन् । राष्ट्रपति भण्डारीले सूचनाको हक र पे्रस स्वतन्त्रतालाई संविधानले नै प्रत्याभूत गरेकाले पे्रसलाई अंकुश लगाउने तथा संकुचित पार्ने काम गर्न नहुने विचार व्यक्त गरिन् ।
महासंघको साधारण सभामा शुभकामना व्यक्त गर्न नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा लगायतका नेताहरू सहभागी भएका छन् ।
साधारण सभामा स्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट गरी करीब ७०० प्रतिनिधिको सहभागिता रहेको छ ।
खुलानजर । ८ पुष २०७९, शुक्रबार १५:१९