गलत कामकाे विराेध गर्नु हरेक नागरिककाे कर्तव्य हाे : मुख्यमन्त्री शाही

सुर्खेत: कर्णाली प्रदेशका मूख्य मन्त्री जीवन बहादुर शाहीले गलत कामलाई अस्विकार नगरेसम्म देशमा सुशासन बहाली हुन नसक्ने बताएका छन् ।
साेमबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मूख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।
भ्रष्टाचारका कारण धेरै भएको उल्लेख गर्दी मुलुकलाई नमुना बनाउने अभियान संचालन गर्नका लागि सबै सदाचारी हनु पर्ने उनले बताए ।
मूख्यमन्त्री शाहीले मन मनमा भ्रष्टाचार विरुद्धको प्रतिबद्धताको बास बस्नु पर्ने बताए यत्र-तत्र भ्रष्टाचार हाबी भएको कुरा उल्लेख गर्दै भ्रष्टाचार बिरुद्ध सबै एकजुट हुन आव्हान गरे ।                     
बास नेपाल कर्णाली प्रदेश समितिको आयाेजनामा सम्पन्न सम्मेलनमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री, नेपाल सरकारका पुर्व सचिव तथा राष्ट्रिय सुचना आयोगका पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटा, प्रदेश सभा सदस्य सन्तोषी शाही लगायतको सहभागिता रहेको थियो ।
मूख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उप-सचिव नेत्र कार्की, आवाज संस्थाकी कार्यकारी निर्देशक पबित्रा शाही, नेपाल बिमा प्राधिकरणका निमित्त प्रमुख राजेन्द्र महर्जन, अखितयार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शिवनाथ पौडेल, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।                       
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले संचालन गरेकाे कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले स्वागत गरेका थिए ।
कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गरेको छ । यस्तै कर्णाली प्रदेशकाे पहिलाे अधिवेशनबाट बासकाे कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाहीको संयाेजकत्वमा १३ सदस्यीय कर्णाली प्रदेश समिति चयन गरिएको छ । जसकाे सहसंयाेजकमा जगतदल जनाला विक, सचिवमा नारायण प्रसाद रिजाल, सहसचिवमा ललिता विश्वकर्मा, कोषाध्यक्षमा जीवराज केसी चयन भएका छन् । यस्तै सदस्यहरुमा रामबहादुर बटाला, दिलबहादुर रावत, शारदा पुन मगर, करिश्मा गिरी, अनिता नेपाली, निपेन भण्डारी मिम्की शाही र भगवती विसी चयन भएका छन् ।