कर्णालीबाट श्रम स्वीकृति लिनेको संख्या बढेकाे बढ्यै


सुर्खेत: पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको संख्या दैनिक बढ्दै गएको छ।
आर्थिक वर्ष २०७९-०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल संख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५-०७६ मा नौ सय १९ पुरुष र सात जना महिलाले श्रम स्वीकृति लिएका जानकारी दिइन्।
उनका अनुसार २०७६-०७७ मा एक हजार नौ सय ९० पुरुष र ३६ महिला, २०७७-०७८ मा ६ सय ६७ पुरुष र आठ महिला र २०७८-०७९ एक हजार पाँच पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए।
आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको सङ्ख्या बढ्दै गएको उनले बताइन्।
श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार, मलेसिया, बहराइन, कुवेत र युएई, क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, बेलारुस जानेको सङ्ख्या बढिरहेको जनाइएको छ। कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनको भनाइ छ ।