यही २४ गते वीरेन्द्रनगरमा मदन भण्डारी कप खुला राेड रेस हुँदै


सुर्खेत: मदन भण्डारी स्पाेर्टस एकेडेमीकाे आयाेजनामा १० र ५ किलोमिटर खुला राेड रेस प्रतियोगिता हुने भएकाे छ । एकेडेमीले जेठ २४ गते ‘मदन भण्डारी कप खुल्ला दौड प्रतियोगिता २०८२ (रोड रेस १० कि.मी., ५ कि.मी.)’ सुर्खेतकाे वीरेन्द्रनगरमा आयोजना गर्न लागेकाे हाे । प्रतियोगिताकाे पुरस्कार राशअं १० किलोमिटर महिला/पुरुषतर्फ प्रथम ५० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार, चाैथाे १५ हजार र पाचाैँ स्थान हासिल गर्ने खेलाडीलाई १० हजार प्रदान गरिने आयाेजकले जनाएकाे छ । यस्तै, ५ किलोमिटर (यू-१८ खुल्ला विद्यालय स्तरीय छात्र/छात्रा कर्णाली प्रदेशका मात्र) तर्फ प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार, चाैथाे ५ हजार र पाँचाैलाई तीन हजार छ । प्रतियोगितामा सहभागी दशाैं स्थान हासिल गर्ने खेलाडीलाई प्राेत्साहनस्वरुप एक हजार प्रदान गरिने छ । प्रतियोगिता २४ गते बिहान ७ बजे वीरेन्द्रनगरस्थित घण्टाघरबाट सुरु हुनेछ ।
‘सबैका लागि खेल’ भन्ने नारासहित मदन भण्डारी स्पोर्टस एकेडेमीले स्थापना कालदेखि स्थानिय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न विधामा खेल प्रतियोगिता, तालिम, प्रशिक्षणसंगै खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सक्रियताका साथ खेल गतिविधि संचालन गर्दै आएकाे एकेडेमीका कार्यक्रम संयाेजक तेजबिक्रम बस्नेतले बताए । कर्णालीमा आयाेजना हुन लागेकाे दशाैं राष्ट्रिय खेलकुदकाे तयारीकै रुपमा प्रतियोगिता आयाेजना हुन लागेकाे उनले बताए ।