सुचना प्रविधि सम्बन्धी सेमिनार सम्पन्न

सुर्खेत:  एक दिने सुचना प्रविधि सम्बन्धी सेमिनार वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ । लुम्बिनी प्राविधिक विश्व विद्यालयको समन्वय र क्यान महासंघ सुर्खेतको आयोजनामा शनिबार सेमिनार सम्पन्न गरिएको छ । सुचना प्रविधिको भविष्य र चुनौती विषयक सेमिनारमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी उक्त सेमिनारको आयोजना गरिएको क्यान महासंघ सुर्खेतका अध्यक्ष लोकेन्द्र गिरीले जानकारी दिए । सेमिनारको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले सुचना प्रविधिमा सरकारले लगानी गरेको बताए । उनले सुचना प्रविधिको क्रान्तिको सुरुवात कर्णालीबाट गर्ने बताउँदै त्यसको कार्यान्वयनका लागि विभिन्न संघ संस्था र व्यक्तिहरुको भूमिका महत्वपुर्ण रहने जनाए । सुचना प्रविधिलाई कर्णालीको विषय, योजना र मिसनका रुपमा अगाडी बढ्ने मन्त्री सिंहको भनाई छ ।
सेमिनारमा १७० जना विद्यार्थीहरु सहभागि भएका थिए । त्यस्तै सेमिनारको सहजिकरण विश्वविद्यालयका रजिष्ट्रार रेग भण्डारीले गरेको क्यान सुर्खेतका सहसचिव मानबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रममा क्यानका केन्द्रीय सदस्य राम किशोर रावल, कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्द वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा, एन प्याब्सन वीरेन्द्रनगर अध्यक्ष ध्रुबसिंह ठकुरी र क्यानका सस्थापक अध्यक्ष पूर्णदेव अधिकारीले मन्तब्य राखेका थिए । कार्यक्रम विभिन्न शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधि र सुचनाप्रविधि व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।