समाजमा लैङ्गिक अल्पसंख्यकहरुलाई जिवनयापन गर्न असज छ । त्यहि असहजताका कारण उनीहरुले जन्मेको थातथलो छोडेर अन्य जिल्लामा समेत बसोबास गदै आएका छन् । सरकारले दिने दुई हजार रुपैयाँ जो नाम मात्रको भत्ताले उनीहरुलाई पुग्दैन । अहिले उनीहरु मागेरै जिविकोपार्जन गरिरहेका छन् । बेलाबखतमा मागेर पनि नचल्ने स्थिति आउँदा उनीहरु यौन व्यवसायमा लागेका खबरहरु पनि बेलाबखतमा निस्किने गरेका छन् ।
मागेर मात्रै उनीहरुलाई मलाई जीविकोपार्जन गर्न विगत निकै समस्या भएको छ । झन् कैयौं लैङ्गिक अल्पसंख्यकहरु त समाजको डरले खुल्नै सकेका छैनन् । खुलेकाको जीविकोपार्जनको स्रोत हुँदैन । त्यसैले यो समुदायका अरू पनि खुल्न नसकेका छन् । नागरिक पुरुष र हिँडाईडुलाई रहनसन महिलाको भएर अहिले पनि यो समुदायसँग दुई वटा पहिचान छ । घरमा हुँदा छोरा तर घर बाहिर निस्किएपछि छोरी । यसका लागी उनीहरुले निकै संघर्ष गरिरहेका छन् । त्यति मात्र होइन समाजमा छक्का, हिजडा जस्ता सम्बोधनले उनीहरुलाई अप्ठारो पर्ने गरेको छ ।
यसरी पहिचान बदलेपछि उनीहरुलाई घर–परिवार र समाजले स्वीकार गर्न सकेका छैनन् । यो समुदायका कतिपय त लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुक्ति र अधिकारको लागि घर–परिवार र समाजसँगै संघर्ष गरिरहेका छन् ।
उनीहरुले समाजमा लुकेर रहेका लैगिंक अल्पसंख्यकलाई परामर्श गर्ने, जनचेतना जगाउने, खुलेर आउन सहज वातावरण बनाउने र विभिन्न फोरमहरुमा गएर उनीहरुका हक–अधिकारका सवालहरु उठाउने काम गरिरहेका छन् ।
आफ्नो समुदायको हक–अधिकारका लागि पहिलो लडाईं घरपरिवार र समाजसँग गरिरहेका उनीहरु सरकारसँग पनि त्यति सन्तुष्ट छैनन् ।
सरकारले भत्ता बाहेक अन्य कुरामा आफुहरुलाई विभेद गदै आएको उनीहरुले विभिन्न फोरमहरुमा बताउँदै आएका छन् ।
लैगिंक अल्पसंख्यलाई सरकारले रोजगारीको अवसर दिनसके उनीहरु पनि समाजमा अन्य मानिसहरु जस्तै सहज रुपमा बस्ने वातावरण बन्ने छ ।
उनीहरुलाई विभिन्न कार्यक्रममा बोलाएर हजार, पाँच सय दिएर मात्रै उनीहरुको सुरक्षा हुँदैन । घरपरिवार र समाजले हेर्ने दृष्टिकोण अब फेर्न जरुरी छ ।
एल, जी, बि, टी, आई, क्यु गरी ६ वटा ‘क्याटागोरी’ मा बाँडिएको योसमुदायका कुरा राज्य र सरकारले सुनी कार्यान्वयन गर्न सके मात्रै उनीहरुको वृद्धि विकास हुनेछ ।
खुलानजर । २२ भाद्र २०८०, शुक्रबार २१:२९