ललिता विश्वकर्मा ओड
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका—७ स्थित डिभी निकेतन बोर्डिङ स्कुलमा ‘बुलिङ’ ‘बुलिङ’ विरुद्ध स्कुलमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार सामाजिक अभियन्ता सुजिता रोकायको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हाे ।
पछिल्लो समयमा बालबालिकाहरु बढीजसो ‘बुलिङ’को सिकार हुनुपरेको र उनीहरुलाई त्यसबाट सुरक्षित राख्ने उद्देश्यले त्यस विरुद्ध क्याम्पियन गरेको अभियन्ता रोकायले बताइन् । कार्यक्रममा ‘बुलिङ’ कसरी हुन्छ ? ‘बुलिङ’ गर्दा के कानून छ ? जस्ता कुराहरु समेटिएका थिए । क्याम्पियनमा डिभी निकेतनमा अध्ययन गरिरहेका कक्षा ६ र ८ का विद्यार्थीहरु रहेका थिए । उक्त कार्यक्रममा ७४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कक्षा ८ की छात्रा पूजा गिरीले ‘बुलिङ’ भन्ने शब्द नै यो क्याम्पियनबाट सुनेको हुँदा धेरै कुराहरु जानकारी पाएको बताइन् ।
डिभी निकेतनका प्रधानाध्यापक मनोज एमसीले अहिलेको समयममा बालबालिकालाई ‘बुलिङ’ सम्बन्धी क्याम्पियन गर्न अति नै आवश्यक भएकोले यस्ता क्याम्पियनहरु सधैं सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
यस्त सचेतनामूलक कार्यक्रमहरुमा विद्यालय समन्वय गर्न हरदम तयार रहेको प्रध्यानाध्यापक एमसीको भनाई छ । कार्यक्रमको सहजीकरण अभियन्ता रोकायले नै गरेकी थिइन् । जो कसैलाई मर्का पर्नेगरी कुनै त्यस्तो व्यवहार गर्ने र उक्त व्यवहारको प्रतिक्रिया हेरेर आफूले आन्नद लिने जे जति कार्य पर्दछन् ती सबै समस्यामूलक व्यवहारलाई नै ‘बुलिङ’ भनिन्छ ।
विद्यालयमा वा विद्यालयभन्दा बाहिर अरूलाई विभिन्न तरिकाले दुःख दिएर आफूले आनन्द लिने एक प्रकारको समस्यामूलक व्यवहार पनि ‘बुलिङ’मा पर्दछ । यस्तो व्यवहार विद्यालयमा बालबालिकाले प्रायः यौवन अवस्था सुरु हुनेदेखि किशोर अवस्थामा देखाउने गर्दछन् ।
खुलानजर । ७ श्रावण २०८०, आईतवार २१:३२