‘कर्णालीको समृद्धि र हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

सुर्खेत: आइतबार ‘कर्णालीको समृद्धि र हाम्रो भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । साझा मञ्च नेपालको आयोजनामा गरिएको उक्त कार्यक्रममा कर्णालीको समृद्धि, नेपालमा दलित आन्दोलन, सामाजिक न्याय र मानवअधिकार, रैथाने शिल्पकला तथा संस्कृति, समानुपातिक समावेशीता, उद्यमशीलता तथा नव प्रवर्तन, सुशासन, शिक्षा, स्वास्थ्य, र रोजगारी लगायतका विषयमा छलफल गरिएको थियो ।
कचहरी प्रेस क्लबको समन्वयमा क्लवको हलमा गरिएको कार्यक्रममा सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । साझा मञ्च नेपालका अध्यक्ष बसन्त विश्वकर्माले समृद्धि र विकासका बारेमा यस्ता वहस र अन्तरक्रिया कार्यक्रमको आवश्यकता रहेको बताए । उनले कार्यक्रममा उपस्थिति रहेको सबैलाई धन्यवाद दिँदै साझा मञ्चले कर्णालीको समृद्धिका लागि प्रदेश, १० जिल्ला र ७९ स्थानीय तहमा छलफल, वहस तथा अन्तरक्रिया गर्ने बताए ।
अध्यक्ष बसन्त कुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका महासचिव राजेश सोनीले गरेका थिए ।