भूकम्प पीडितलाई उद्योग वाणिज्य महासंघको निरन्तर सहयोग

सुर्खेत : नेपाल उद्योग वाणिज्य महासंघले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको सहयोग तथा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको समन्वयमा दुई चरण गरि सात लाख बराबरको राहत वितरण गरिएको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार १३ लाख बरारबरको सामग्री केही दिनमा फेरि वितरण गरिने छ ।
भेरी नगरपालिका, आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बलायाङ्केट, त्रिपाल, पिफर्म, प्राथमिक उपचारका सामग्री र औषधी वितरण गरिएको छ । त्यस्तै भेरी नगरपालिकाको राहत सामग्री मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।


‘हामीले दुई चरणमा गरेर सात लाखको सामग्री दुई जिल्लामा वितरण गरेका छौं,’अध्यक्ष शाहीले भने, ‘फेरि १३ लाख बराबरको म्याटेस्ट, बलाङ्केट र त्रिपाल काठमाण्डौंबाट आउँदैछ । केही दिनमा हामी त्यो पनि वितरण गर्नेछौं ।’
भूकम्प पीडितको राहतका लागि विभिन्न उद्योगी, व्यवसायी, वस्तुगत समिति र एसोसियट समितिलाई सहयोग गर्न अनुरोध गरिएको अध्यक्ष शाहीले बताए ।