प्रजनन स्वास्थ्य सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न


बाँके: प्रजनन स्वास्थ्य सम्बन्धी महिला जनप्रतिनिधि,अधिकारकर्मी तथा सञ्चारकर्मीहरुका लागि दुई दिने अभिमुखिकरण तालिम सम्पन गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा बाँके जिल्लामा कर्मथलो बनाएर क्रियाशिल पत्रकारिता गरिरहेका महिला पत्रकार, अधिकारकर्मी तथा महिला जनप्रतिनिधिहरुका लागि अभिवृद्धि तालिम दिइएको हाे
तालिमको लागि समन्वय गरेको सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न भएको तालिममा महिला पत्रकारको प्रजनन स्वास्थ्य,महिला अधिकारका सवालमा जनप्रतिनिधि, अधिकारकर्मी र सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गरिएको छ ।
यस्तै तालिममा किशोकिशोरीहरुको प्रजनन स्वास्थ्य, लागूऔषध महिनावारी सरसफाइ, यौन प्रजनन स्वास्थ्यको बारेमा समेत छलफल गरीएको थियो । यसैगरी विवाह गर्ने अवस्थामा गर्भतपन र यौन रोग बारेमा समेत तालिममा अभिमुखीकरण गरिएकाे छ ।
तालिमको समपनमा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव महेश पाठकले स्थानीयस्तरमा भएको स्वास्थ्य समस्यालाई मध्यनजर गरी कलम चलाउन आग्रह गरे । प्रजनन स्वास्थ्य अधिकारको बारेमा कानुनी जानकारी नहुँदा महिलाहरुले हरेक समस्या भोग्दै आएको उनले बताए । महिला पत्रकारहरुका समस्यालाई चिर्न र कानुनी सहायता लिन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले जोड दिइन् ।
‘महिलाहरुको प्रजनन स्वास्थ्यमा देखा पर्ने समस्याबाट बच्नुपर्छ । परिवार नियोजनका अस्थाइ साधनको प्रयोगको बारेमा सचेत हुन आवश्यक छ । सानो उमेरका विवाह गर्ने पर्ने असरबारे सबैलाई जागरुक गराऔँ,’ उनले भनिन् । लुम्बिनी प्रदेशमा अरु प्रदेशको तुलनामा प्रजनन् स्वास्थ्यको हिसाबले पछि रहेको बताइन् । गर्भवती अवस्थामा विश्वभरी ८५ हजार महिलाको मृत्यु हुने तथ्यांक रहेको उनले जानकारी दिइन् ।

उनले समुदायमा यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतनका विषयमा समुदायमा सचेतना जगाउनुपर्ने बताउँदै किशोर किशोरीहरूले सकारात्मक सन्देशको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् ।
तालिममा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारी चक्र, सुरक्षित गर्भपतन, लैंगिकतामा आधारित हिंसा, किशोर, किशोरीमैत्री सेवालगायतका विषयमा सहजीकरण गरिएको थियो । उक्त तालिममा स्थानीय सरकार, स्वास्थ्यकर्मी लगायत सराेकारवालाहरुको उपस्थिति रहेको थियो ।