मावि लगामले स्वर्ण जयन्ती मनाउँदै


सुर्खेत:  नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चौकुने गाउँपालिका–२ लगामले स्वर्ण जयन्ती मनाउने भएको छ । यही माघ ०५ गते शुक्रबारका दिन विद्याल स्थापना भएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाउन लागेको विद्यालयका प्रध्यानाध्यापक लालबहादुर थापाले जानकारी दिए ।
विद्यालयको स्थापनाकालदेखि महत्वपुर्ण भूमिका खेलेका पूर्व प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावकसंघ र सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिने प्रध्यानाध्यापक थापाले बताए । आयोजित कार्यक्रममा विभिन्न स्थानीय सांस्कृतिक कार्यक्रमहरुको समेत प्रस्तुति रहेनेछ ।