छोरी बलात्कार र छोरा हत्या घटनाको स्थलगत अनुगमन

सुर्खेत: १५ वर्षीया छोरीलाई बलात्कार गरेको घटना लुकाउन २१ वर्षीय छोराको हत्या गरेको भनिएको घटना सम्बन्धमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको नेतृत्वमा गएकोे संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ ।
साेमबार इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीको नेतृत्वमा आवाज संस्थाकी सिनियर काउनसेलर निशा पौडेल र दलित महिला संघ फेडोका सचिव खगिसरा वलीको संयुक्त घटनास्थलमा गई अनुगमन गरेको हो ।
उक्त टोलीले घटनाको विस्तृत अध्ययनसँगै इलाका प्रहरी कार्यालय, पञ्चपुरीका प्रमुख विनोद सुवेदीसँग घटनाको विषयमा जानकारी लिएको छ । अनुगमन टोली घटनास्थल वरपरका स्थानीयवासी, घटनास्थल, प्रत्यक्षदर्शीसँग सोधपुछ गरेको छ । केही दिनमा घटनाका आरोपितसँग र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले जानकारी दिए ।
छोरालाई माघ १ गते राति बञ्चरो प्रहार गरेर हत्या गरी फरार भएका ४२ वर्षीय बाबुविरुद्ध माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा मृतकका काकाले कर्तव्य ज्यानको जाहेरी दिएका थिए ।


घटनाका आरोपित बाबुलाई प्रहरीले पुस ४ गते कैलाली जिल्लाको टिकापुरबाट गिरफ्तार गरी आरोपितलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१९ वर्षीया छोरीलाई ०८० असोज २७ गते बाबुले बलात्कार गरेको भन्दै २१ वर्षीय छोराले प्रहरीमा कात्तिक १५ गते उजुरी दिएका थिए । उजुरी परे लगत्तै आरोपित फरार भएका थिए । बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा आरोपित दिएको रिसमा हत्या गरेको उजुरीमा उल्लेख गरिएको छ ।
हाडनाताकरणीको मुद्दा परेपछि आरोपित कान्छी पत्नीसहित भागेर भारत गएका थिए । भारतबाटै योजनाबद्धरुपमा आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कृष्णबहादुर खड्काले बताए । शवको पोष्टमार्टम माघ ४ गते प्रदेश अस्पतालमा भएको थियो । मृतकका परिवारले माघ ५ गते पञ्चपुरीमा शवको सदगद गरेका थिए ।