आज र भाेली राष्ट्रिय कलाकार डम्मर नेपाली गाेरेटाेमा


सुर्खेत : ‘गोरेटो सांगीतिक साँझ`आज शुक्रबार र भाेली शनिबार राष्ट्रिय कलाकार डम्मर नेपाली सुर्खेतकाे गाेरेटाेमा आउने भएका छन् ।
` नाचौँ, गाऔँ, अनि झुमौँ` भन्ने उद्देश्यका साथ आयोजना गरिएको सांगीतिक साँझमा निशुल्क टिकट रहेकाे छ । टेवल बुकिङ्गका लागि खुला रहेकाे आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार नेपालीले बिग्रेको मान्छेकाे भत्केकाे घर, अन्तिम पल्ट भेट्न आउ लगायतका दर्जनौं गितहरु सांगीतिक साँझमा गाउने छन् ।