सिलाइ कटाई टेलर्स संगठनकाे अध्यक्षमा शेरबहादुर नेपाली

सुर्खेत : सिलाइ कटाई टेलर्स संगठन जिल्ला समिति सुर्खेतकाे साताैं वार्षिक साधारण सभा तथा जिल्ला भेला सम्पन्न गरिएकाे छ । आइतबार वीरेन्द्रनगरमा सम्पन्न साधारण सभाबाट शेरबहादुर नेपालीकाे अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसकाे वरिष्ठ उपाध्यक्षमा विकास नेपाली, खुला उपाध्यक्षमा सुरेन्द्र नेपाली, महिला उपाध्यक्षमा सिमा सुनार, सचिवमा मदन बहादुर परियार, सहसचिवमा शेरबहादुर परियार, काेषाध्यक्षमा गाेमा परियार चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा विनम्र परियार, जीवन परियार, पम्फा नेपाली, गणेश नेपाली, अमृता नेपाली, भक्तबहादुर परियार, सन्ताेष परियार, माेतिराम परियार, माेहनसिंह परियार, तिलक परियार चयन भएका छन् । यस्तै अन्य तीन जना सदस्यहरुलाई कार्यसमितिको बैठकले मनाेनित गर्ने अध्यक्ष शेरबहादुर नेपालीले जानकारी दिए ।
कार्यक्रमकाे उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य रण सिंह परियारले मजदुरहरू एकजुट भई आफ्ना हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए । उनले प्रदेश सरकारबाट टेलर्स व्यवसायीहरुलाई आवश्यक सहयाेग गर्ने बताउँदै एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।


कार्यक्रममा घरेलु उद्योगग्राम सुर्खेतका अध्यक्ष उदीराम डाँगीले पेसागत हकहितका लागि सबै टेलर्स व्यवसायीहरु संगठित भई अगाडि बढ्नुपर्ने बताए । नेपाल कपडा तथा सिला व्यवसायी महासंघ जिल्ला कार्यसमिति समेत सिलाइ कटाई टेलर्स संगठनमा समायोजन भएको छ । त्यस्तै महासंघका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयाेजक अमर नेपाली उक्त संगठनमा आवद्द भएका छन् । कार्यक्रममा करिव ६० जना टेलर्स व्यवसायीहरुकाे सहभागिता रहेकाे थियाे ।