सुर्खेत: यूएसएआइडी जल जंगल परियोजनाको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परामर्श कार्यशाला सम्पन्न भएको छ । “महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी” नारा र समावेशीकरणलाई प्रेरणा भन्ने अभियानका साथ ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरूको सहभागिता लगायतका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवालहरूको विषयमा कार्यशला तथा अन्तरक्रिया सम्पन्न गरिएको हो ।
कार्यक्रममा परियोजनाको उद्देश्य बारे यूएसएआइडी जल जंगलका वरिष्ठ कार्यक्रम अधिकृत विनोद कुमार शाहीले बताए । त्यस्तै टीम लिडर भुपेन्द्र शाहीले कार्यक्रको उद्येश्य माथी प्रकास पारेका थिए ।
कार्यक्रममा यूएसएआइडी जल जंगल का लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण वरिष्ठ अधिकृत शारदा शेर्पाले अन्तर्राष्ट्रि««य महिला दिवस इतिहासबारे १९०९ देखि श्रमिकहरुको आन्दोलन बाट सरु भएको र पछि यसलाई १९७७ संयूक्त राष्ट्र«« संघले महिला अधिकार तथा विश्व शान्ति रुपमा लिदै अन्तराष्ट्रि««य विदाको रुपमा लिएको लगायत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तको बारेमा तथा नेपालमा महिलाहरु अवस्था बारे केही तथ्य तथा तथ्याङ्क समेत प्रस्तुती गरे ।
कार्यक्रममा सहभागीहरु मध्ये समुदायिक बनमा नेतृत्व गरिरहेका महिला दलित महिला, अपाङ्गता भएका महिला, यौनिक अल्पसंख्यक तथा आसनमा महिला , भाषणमा महिला र शासनमा महिला हुनु पर्ने भन्दै एकल महिलाका संर्घर्ष अनुभव कथाहरु सहभागीहरु विच आदान प्रदान भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, आन्तरिक मामिला तथा कानुन मनत्रालयका निर्मला रेग्मी निर्मला पन्तले आज सम्म न्याय नपाएकोले म यो महिला दिवसको शुभकामना पनि दिन सक्दिन भन्दै महिलाहरुको न्याय र विकासका लागी महिलाहरु नेतृत्वदायी भुमिका आउनैपर्ने बताइन् ।
कार्यक्रममा विभिन्न,सामाजिक विकास मन्त्रलय, जालस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका ,सामुदायिक वन उपभोक्ता महासंघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ,सुर्खेत , पत्रकार, इनर ह्वील क्लबका प्रतिनिधी यूएसएआइडीका साझेदार संस्थाहरुका प्रतिनिधी लगायत सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधीहरुको सहभागितामा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमबाट आगामी दिनहरकालागी प्राकृतिक स्रोत व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महिलाहरूको सहभागिता लगायतका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणकालागी कार्ययोजना निमार्ण समेत गरिएको छ ।
कार्यक्रमको अध्यक्षता उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालयका अधिकृत श्री रेणुका न्यौपानेले गरेको कार्यशालामा प्रमुख अतिथिको रुपमा आन्तरिक मामिला तथा कानुन मनत्रालयका निर्मला रेग्मीले गरेकी थिइन् । त्यस्तै कार्यक्रमको सञ्चालन यूएसएआइडी जल जंगल अनुगमन मुल्याङ्कन तथा संचार वरिष्ठ अधिकृत निर्मल नेपालीले गरेका थिए ।

खुलानजर । २३ फाल्गुन २०८०, बुधबार १४:४३