पाँच दिने चलचित्र सम्पादन कार्यशाला सुरु


सुर्खेत: चलचित्र विकास बोर्डले कर्णालीमा पहिलो पटक सम्पादन कार्यशाला सुरु गरेको छ ।
बोर्डमा कर्णालीमा रहेका चलचित्र बृतचित्र तथा छोटो चलचित्रहरुको सम्पादनकालागि कार्यशाला  बिहिबारदेखि सुरु गरेको हो । कलाकार यामनारायण आचार्य, चन्द्र मन्दिर, गीतकार महेन्द्रकुमार मल्ल नृत्य निर्देशक कुलमान नेपाली तथा वरिष्ठ कलाकार प्रेमदेव नेपालीले संयूक्तरुपमा चलचित्र छायाँङ्कनका बेला सुरु गरिने क्रियाकलाप गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले कर्णालीमा चलचित्रहरुकालागि कर्णालीमा प्रचुर सम्भावना रहेपनि राज्यले त्यसतर्फ ध्यान नदिएको गुनासो गरेका छन् ।  त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार प्रेमदेव गिरीले ५५ बर्ष अगाडी देखि चलचित्र क्षेत्रमा कर्णालीबाट सहभागिता रहेको स्मरण गराउँदै यस कार्यशालाले चलचित्रमा थप टेवा पुग्ने बताए ।
चलचित्र विकास बोर्डका सदस्य एवं चलचित्र निर्देशक राजु केसीको संयोजनमा पाँच दिनसम्म चल्ने कार्यशालामा मुख्य प्रशिक्षक राजेश गोङ्गजुले रहेको सम्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रमको संयोजन गरिरहेका श्रीनाथ फिलिम्सका निर्देशक निर्मल प्याकुरेलले जानकारी दिए ।