स्नेहा उपाध्याय
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै दलहरू चुनावको तयारीमा जुटिसकेका छन् । उपनिर्वाचनमा दलहरू सकेसम्म गठबन्धनविनै चुनाव लड्ने तयारीमा छन् । विशेषगरी कर्णालीका स्थानीय तहमा हुने उपनिर्वाचनमा तीन ठुला दलहरूबिच चुनावी प्रतिस्पर्धा हुन्छ । यदि एक्लाएक्लै चुनावमा दलहरू गएको खण्डमा एकीकृत समाजवादीले अन्य दललाई असर गर्ने देखिन्छ । निर्वाचनको समयमा राजनीतिक दलहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ । यस घडीमा, निर्वाचन आचारसंहिता उल्लंघन नगरी, निष्पक्ष र स्वच्छ प्रतिस्पर्धा गर्नु, मात्र लोकतान्त्रिक प्रक्रिया र जनता विश्वासको सम्मान गर्न सकिन्छ ।
पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा भनेको निर्वाचन आचारसंहिता र नियमहरूको पूर्ण पालना गर्नु हो । चुनावी प्रक्रिया स्वच्छ र निष्पक्ष बनाउनका लागि प्रशासन र सुरक्षा संयन्त्रहरूले आफ्नो जिम्मेवारीको निर्वाह गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगको निर्देशन अनुसार, सबै दललाई समान अवसर र वातावरण प्रदान गर्नु आवश्यक छ । आचारसंहिता उल्लंघनले लोकतन्त्रको गुणस्तरलाई मात्र गिराउँदैन, जनताको विश्वासलाई पनि कमजोर बनाउँछ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दा निर्वाचनमा असमानता र पक्षपाती सोचको सृजना हुन्छ जसले जनतामा असन्तोष पैदा गर्न सक्छ । चुनावी आचारसंहिता उल्लंघन गर्दा, यसले हाम्रो प्रजातान्त्रिक मूल्य र आस्थामा गम्भीर असर पुर्याउन सक्छ । चुनावमा भ्रष्टाचार, गलत प्रचार, दमन र धम्कीले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउँछ । यसैले, सबै दल र उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा स्वच्छ, साँचो र निष्पक्ष बनाउन ध्यान दिनुपर्ने छ । यसरी मात्र चुनावी प्रक्रियामा जनताको विश्वास बलियो बनाउन सकिन्छ र लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्न सम्भव हुनेछ । यदि हामी सबैले आफ्ना कर्तव्यहरूको इमानदारीपूर्वक पालन ग¥यौं भने, यस उपनिर्वाचनबाट हाम्रो समाजलाई सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
खुलानजर । २८ कार्तिक २०८१, बुधबार १४:२५