चौकुने गाउँपालिका वडा नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम वडा समितिको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विष्णु प्रसाद देवकोटाको सभापतित्वमा ९ सदस्यीय वडा समिति गठन गरेको छ। समितिको उपसभापतिमा मदन कसेरा, सचिवमा विपना बिर्कटा सुनाखरी मगर चयन भएका छन्। सदस्यहरूमा याम गाहा मगर, नन्नाकला दानी, रमेश कुमार थापा, दलुनाथ योगी, दीपा नेपाली, र चक्र बहादुर नेपाली रहेका छन्।
यसै अवसरमा मायातालमा वडा समितिको कार्यालय स्थापना गरिएको छ। अधिवेशनको प्रमुख अतिथि रास्वपाका प्रदेश सह महामन्त्री तथा प्रवक्ता हरिप्रसाद अधिकारी रहेका थिए। कार्यक्रममा जिल्ला समिति सदस्य हिरासिंह थापा, पालिका सभापति विष्णु प्रसाद उपाध्याय, उपसभापति मान बहादुर दानी, कोषाध्यक्ष नरेन्द्र सिजापति, सदस्य भोजराज रिमाल, नन्दाराम दानी, र निर्वाचन समिति सहसंयोजक निर्मला आलेलगायतले शुभकामना व्यक्त गरे।
वडा सभापति देवकोटाले अधिवेशनले स्थानीयस्तरमा संस्थागत विकासको नयाँ चरण प्रारम्भ गरेको बताए। साथै, वडा समितिले अब स्थानीय विकास, सामाजिक सेवा तथा समृद्धिका विभिन्न योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
रास्वपाको यो पहिलो वडा अधिवेशनले पार्टीको संगठन विस्तार र स्थानीय तहमा सक्रियता बढाउने विश्वास गरिएको छ।
खुलानजर । २८ फाल्गुन २०८१, बुधबार २१:०६