एमयूमा सुरु भइसकेको परीक्षा स्थगित


सुर्खेत :  मध्यपश्चिम विश्वविद्यालयमा सुरु भइसकेको परीक्षा स्थगन भएकाे छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएकाे परीक्षा सम्पन्न नहुँदै स्थगन भएकाे हाे । ग्ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तह प्रथम र साताै समेष्टरकाे परीक्षा स्थगन भएकाे हाे । प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्न सुरु गरेपछि परीक्षा स्थगित गरिएको छ ।
एमयूमा चैत १८ गते हुन लागेकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न गठित निर्वाचन समितिले अन्तिम घडिमा आएर परीक्षा स्थगन गरेकाे हाे ।
विश्वविद्यालयले जारी गरेकाे सूचनामा भनिएकाे छ- ‘उपर्युक्त सम्बन्धमा स्वतनत्र विद्यार्थी युनियन निर्वाचन समितिको मिति २०८१।१२।०२ को पत्रानुसार र मध्यपश्चिम विश्वविद्यालय ग्ग्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साईन्स अन्तर्गत संचालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरुको मिति २०८१ साल चैत ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार मिति २०८१ साल चैत्र ०३ गते देखि हुने भनिएको स्नातक तह प्रथम र सातौ सेमेष्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआए सम्मको लागि स्थगन गरिएको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराईन्छ ।