वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट वृद्धा गम्भीर घाइते

सुर्खेत: सुर्खेतमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा दैलेख भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ७२ वर्षीया तुलसी जैशी रहेकी छन् ।

शुक्रवार अपराह्न वीरेन्द्रनगर बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी जैशीलाई बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख १९३६ नम्बरको ट्रकले ठक्कर दिएर घाइते बनाएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।

ठक्करबाट घाइते भएकी जैशीको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको छ ।