सिम्तामा राजश्व सुधारका लागि वहस र छलफल


सुर्खेत: सिम्ता गाउँपालिका वडा नम्बर ६, राकम शिवालयमा स्थानीय सरकारको राजश्व अभिवृद्धि तथा उपयोगिता विषयक बहस, छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न गरिएको छ । कार्यक्रम सुशासन प्रबद्र्धनका लागि युवा संस्था  सुर्खेतकाे सहजिकरण, हेल्भेटास नेपालको आर्थिक सहयोगमा संचालित हाम्रो शहर परियोजना अन्र्तगत सिम्ता गाँऊपालिकासँगको सहकार्यमा आयोजना गरिएको थियो । स्थानीय वडाबासीहरु करिब एक सय भन्दा बढीको सहभागितामा रहेको थियो । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सबै सहभागीहरुलाई सस्ंथाका कार्यक्रम प्रबन्धक खगेन्द्र सिजापतीले स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रमूख जवाफदेहि वक्ताको रुपमा वडा अध्यक्ष गुलाव सिंह ठकुरी, वडा सचिव कमला बस्नेतले थिए । बहस कार्यक्रममा सहभागीहरुले राखेका सवाल, प्रश्न र जिज्ञासाहरुको जबाफ दिएका थिए । बहस कार्यक्रमको सहजिकरण सुशासन विज्ञ दुर्लभकुमार बोगटीले गरेका थिए । बहस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, शिक्षक, विद्यार्थी, टोल विकास सस्ंथाका प्रतिनिधि, महिला संजालका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बहस तथा छलफल कार्यक्रममा सहभागीहरुले वडा स्तरमा राजश्व संकलनका लागि के कस्ता क्षेत्रहरु रहेका छन्? संकलित रकमको सदुपयोग के कसरी भै रहेको छ ? बडाबासीहरुले के कसरी संकलित राजश्वबाट लाभपाईरहेका छन् ?आगामीदिनमा राजश्वको क्षेत्र विस्तार र उपयोगिता बढाउनका लागि वडाले स्पष्ट नीतिको तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनु पर्ने, टोल वस्तीहरुमा करदाता शिक्षा अभियान सञ्चालन गरी राजश्व अभिबृद्धिका लागि जोड दिनु पर्ने जस्ता जिज्ञासा राखेका थिए भने वडालाई समुन्नत बनाउन राजश्व सुधार गर्ने थप योजना, नीति तथा उपाय र वडाले गर्ने पहलका बारेमा हाकाहाकी छलफल भएको थियो ।
अन्तमा पालिकाको अधिकांश राजश्व संकलन हुने वडा नम्बर ६ को राजश्ज अझै बृद्धिका लागि वडाले टोल टोलमा राजश्व संकलन सम्बन्धी करदाता शिक्षा शिविर आयोजना गर्ने, आगामी वर्षको लागि गरिने वडा स्तरको योजना तर्जुमा प्रकृयामा समेत राजश्व अभिबृद्धि र उपयोगका लागि प्राथमिकतामा राख्ने कुराको प्रतिवद्धता सहितवडा अध्यक्ष गुलाबसिंह ठकुरीले कार्यक्रम समापन गरेका थिए ।