सुर्खेत: एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश सुर्खेत, जुम्लारोड स्थित कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश क्षेत्रिय प्रमुख मित्रराज प्याकुरेल र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली को तर्फबाट निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले हस्पिटलमा विभिन्न सुविधामा ५ प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
खुलानजर । २६ पुष २०७९, मंगलवार १९:२३