उच्च अदालत सुर्खेतमा ८८ प्रतिशत मुद्दा फछ्र्यौट

सुर्खेत: उच्च अदालत सुर्खेतले आर्थिक वर्ष २०८०/०८१ मा ८८.४६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । ८ सय ३२ मुद्दामा ७ सय ३६ मुद्दा फछ्र्यौट र ९६ मुद्दा बाँकी रहेको उच्च अदालत सुर्खेतका प्रवक्ता उपरजिष्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए । उनका अनुसार तीन वर्षको अविधिमा भन्दा यो वर्ष बढी मुद्दा फछ्र्यौट गरिएको हो । आर्थिक वर्ष ०७९/०८० मा ८२.६४ प्रतिशत, आर्थिक वर्ष ०८०/०८१ मा ८२.३१ मुद्दा फछ्र्यौट गरिएको थियो । पुनरावेदन मुद्दा ६ सय ३८ (७९.६ प्रतिशत), रिट निवेदन ८७ (७६ प्रतिशत), सुरु मुद्दा ११ फछ्र्यौट गरेको हो । वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएको प्रवक्ता थापाले बताए ।