सुर्खेतमा ट्राफिक कार्यालयको विशेष अभियान, दर्जनौं सवारीमाथि कारबाही

सुर्खेत: जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख रोहित कुमार शाहीको नेतृत्वमा आज सञ्चालन गरिएको विशेष ट्राफिक चेकजाँच अभियान अन्तर्गत ६ वटा अटो र १० वटा इभि भ्यान नियन्त्रणमा लिइएका छन्। साथै नियम उल्लङ्घन गर्ने ४८ वटा सवारी साधनमाथि कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
ट्राफिक कार्यालयका अनुसार सडक सुरक्षा र सवारी व्यवस्थापन सुदृढ बनाउन नियमित अनुगमन र कारबाही अभियान जारी रहने जनाएको छ ।