वीरेन्द्रनगरका सामुदायिक विद्यालयले पठनपाठन बन्द गर्ने

सुर्खेत: वीरेन्द्रनगरका सामुदायिक विद्यालयहरुले भदौ ७ गतेबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । बिहिवार वीरेन्द्रनगरका सामुदायिक विद्यालयहरुले विज्ञप्ती निकाल्दै विद्यालयको भावनालाई नबुझेको भन्दै भदौ ७ गतेबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन । उच्च अदालत सुर्खेतको कक्षा १२ सम्मका विद्यार्थीहरुलाई निशुल्क अध्ययन अध्यापनको आदेशको मातहतमा रहेर अभिभावकको स्वैच्छिक रुपमा प्रदान गरेको सहयोगले विद्यालय संचालन गरेको जनाएका छन् ।
शिक्षा ऐनले तोकेको शिक्षक विद्यार्थी अनुपात भन्दा करिब दोब्बर बढी विद्यार्थीको संख्या रहेकोले विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्न स्थानीय स्तरबाट शिक्षक राख्नु पर्ने पनि विज्ञप्तीमा भनिएको छ ।


बुधबार वीरेन्द्रनगर सुर्खेतको जन नमुना माध्यमिक विद्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट उच्च अदालतको परमादेश विपरीत शुल्क उठाएको भन्दै २ लाख ७६ नगद सहित कागजात नियन्त्रणमा लिएको थियो ।
अभिभावकबाट स्वैच्छिक सहयोगबाट सन्चालित विद्यालयहरुमा विभिन्न निकायबाट पटक पटक गरिने अबरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन तथा विद्यालय संस्थाको मनोबल र आत्मसम्मानमा चोट पुगेको पनि जनाइएको छ ।
विद्यालयको समस्यालाई सम्बोधन नगरे यहि भदौ ७ गत्ते मङलबार देखि वीरेन्द्रनगरका सबै सामुदायिक विद्यालयहरुमा पठनपाठन बन्द गरिने उल्लेख गरिएकाे छ ।