सुनचाँदी व्यवसायी संघ सुर्खेतमा नयाँ कार्यसमिति

टेकेेन्द्र विश्वकर्मा

सुर्खेत: सुनचाँदी व्यवसायी संघ सुर्खेतमा नयाँ कार्यसमिति चयन गरिएको छ । बिहीबारदेखि चलेकाे जिल्लाकाे छैटौं अधिवेशनबाट ओमबहादुर विक निर्विरोध अध्यक्ष चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा लाल बहादुर सुनार, प्रथम उपाध्यक्षमा सन्जिव बराल, द्वितियउपाध्यक्षमा सुनिल रामदाम, तृतिय उपाध्यक्षमा महेन्द्र सुनार, चौथो उपाध्यक्षमा जनक सुनार, पाचौं उपाध्यक्षमा तुफान सुनार, महासचिवमा गाेबिन्द विश्वकर्मा, सचिवमा विवेक स्वर्णकार, कोषाध्यक्षमा बखते सुनार, सह-कोषाध्यक्षमा राजु खडकाथोकी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मनोज सुनार, संघर्ष साेनी,
नरेश सुनार, पदम बहादुर बिक, बीरबहादुर सुनार, रेशम बहादुर बिक, महेन्द्र सुनार र ललित सुनार निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै निवर्तमान अध्यक्ष ज्ञानेन्द्र विश्वकर्माले सुनचाँदी व्यवसायी संघलाई थप उचाइमा पुर्याउन नयाँ कार्यसमितिले थप भूमिका निभाउने विश्वास व्यक्त गरे । त्यस्तै निर्वाचन समितमा संयाेजक नन्द भण्डारी र सदस्यहरु टेकेन्द्र विश्वकर्मा र खगेन्द्र खनालले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । नवनिर्वाचित कार्यसमितिको पद तथा गाेपनियताकाे शपथ ग्रहण शनिबार बिहान ९ बजे गर्ने निर्वाचन समितिले जनाएको छ ।