सुर्खेत: कर्णाली प्रदेशमा सुन, फलाम, तामा, रत्न पत्थर, फास्फोराइड, चुनढुंगा, युरिनियम लगायत ९१ वटा खानीको पहिचान भएको छ । तर त्यसमध्ये ४३ वटाको मात्र सम्भाव्यता अध्ययन गरिएको प्रदेश योजना आयोगले जनाएको छ । अध्ययन भएकामध्ये २८ वटा खानीबाट स्थानीयले लामो समयसम्म खनिज पदार्थ निकाल्ने गरेका थिए । सरकारले सुरुमा अनुमति दिएर पनि ९ खानीको उत्खनन बन्द भएको आयोगको तथ्यांक छ । कर्णालीमा खनिज पदार्थ उत्खननको सम्भावना प्रशस्त भए पनि धेरैजसो खानीको सम्भाव्यता अध्ययनै हुन नसकेको भूगर्भविद् चन्दन गिरीले बताए । ‘कुनै समय परम्परागत तरिकाबाटै खानी सञ्चालनमा थिए । तर बाहिरका सामानको परनिर्भरता र सरकारी नियमनले ती पनि बन्द भए,’ उनले भने, ‘कर्णालीका कम्तीमा १० वटा मात्रै खानी भए पनि उत्खनन गरी कर्णाली त्यही आयस्रोतले आत्मनिर्भर बन्न सक्छ ।’
खानी तथा भूगर्भ विभागले ०४० सालमा गरेको अध्ययनअनुसार सल्यानको कुमाख गाउँपालिकामा २१ वर्गकिमि क्षेत्रमा फलाम खानी फैलिएको छ । उक्त खानी उत्खनन गर्न ०७६ सालमा सुवास कास्यपति इन्डस्ट्रिजले स्वीकृति लिएको थियो । ‘खानीमा कति फलाम छ र कति वर्षसम्म निकाल्न सकिन्छ भन्नेबारे अझै अध्ययन हुन सकेको छैन,’ गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीले भने, ‘प्रक्रिया नै झन्झटिलो छ, उत्खनन हुन सके गाउँपालिकाको आम्दानी पनि बढ्थ्यो ।’
बारेकोट–१ रामीडाँडामा साढे तीन दशकअघिसम्म दलित सुमदायका २० परिवार खानीबाट फलाम निकालेर बनाएका औजार बेचेरै आत्मनिर्भर बन्ने गरेका थिए । तर, सरकारी बेवास्ता र आयातित फलाम सस्तो मूल्यमा गाउँमै पाउन थालेपछि खानी उपयोगविहीन बनेको ७७ वर्षीय दत्ते कामीले बताए ।
स्थानीय समेत रहेका उनले खानी अलपत्र परेपछि फलामे औजार बनाउने पेसा छाडेर मजदुरी गर्न थालेको बताए ।
बारेकोटको फलाम खानीमा ४० वर्षसम्म उत्खनन तथा प्रशोधनको काम भएको थियो । वन विनाशका कारण उक्त फलामको धाउलाई प्रशोधन गर्न आवश्यक दाउराको अभावले पनि खानी बन्द हुँदै गएको छ । ‘चार÷पाँच जनाले कोइला बालेर दिनभर आरनमा काम गर्दा १०÷१२ किलो मात्र फलाम निकाल्न सकिने र औजार निर्माण गर्न १ दिन थप लाग्थ्यो,’ स्थानीय बिरबहादुर विकले भने, ‘धाउ निकाल्ने, जंगलबाट काठ ल्याउने, कोइला बनाउने, धाउ पिट्ने, औजार निर्माण गर्नेलगायत परम्परागत प्रविधिको भर पर्दा बारेकोटी फलामबाट आम्दानी लिन नसकिएको हो ।’ सुरुमा बारेकोट–५ स्थित रतनकोट धाउखानी सामुदायिक वन उपभोक्ता समूहले र पछि सरकारले खानी उत्खननमा रोक लगाएको उनले बताए ।
लामो समय सञ्चालनमा रहेको बारेकोटी खानी वन विनाश, सस्तो मूल्यको भारतबाट आउने फलाम गाउँमै उपलब्ध हुनु, उत्खनन तथा प्रशोधनमा आधुनिक प्रविधि नभित्रिनुलगायत कारण अलपत्र परेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
सल्यानकै शारदा नगरपालिकामा समेत ४० को दशकसम्म झन्डै एक वर्ष गाउँकै तामा र फलामखानीबाट स्थानीयले तामा र फलाम निकाल्थे । तर, अहिले उक्त खानी समेत सञ्चालनमा आउन सकेको छैन ।
खानी अलपत्र परेपछि स्थानीयहरू पेसाबाट पलायन भएका छन् । खाद्यान्नको समेत अभाव हुन थालेको बारेकोट–२ रोकायगाउँका भद्रवीर विकले बताए ।
‘पहिला यहींबाट फलाम निकालेर हामी जिविका चलाउँथ्यौं । अहिले खानी पनि जीर्ण छ । हाम्रो पेसा नै धरापमा पर्यो,’उनले भने, ‘न जग्गा छ, नत उत्पादन त्यसैले हामीलाई विविका चलाउन समस्या भएको छ ।’
हिजोआज आफु घर–गोठ बनाउने मिस्त्री पेसामा लाग्नुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार झन्डै साढे ३ दशकअघिसम्म स्थानीय दलित समुदायको जीवन निर्वाहको माध्यम नै फलामखानी थियो । पछिल्लो समय खानीबाट निकालिएका कच्चा पदार्थबाट विभिन्न धातु निर्माण गर्ने उद्योगसमेत बन्द भइरहेका छन् । ८ वर्षअघिसम्म विश्वबजारमा अत्यधिक माग रहेको नीलो रङको रत्न पत्थर (काइनाइट) को उद्योग जाजरकोटको कुशे –५ टालेगाउँमा सञ्चालनमा थियो । उद्योग बन्द भएपछि स्थानीयको रोजीरोटी गुमेको छ । त्यसअघि झन्डै एक दशक टालेगाउँस्थित सौरेनीको खानीबाट उत्खनन गरिएको रत्नपत्थर भारतको गुजरात र जयपुरसम्म पुग्ने गरेको थियो । भारतमा काइनाइटको गहना बनाई विश्वबजारमा निकासी हुने गरेको जाजरकोटका पत्रकार वासुदेव शर्माले बताए ।

जगतदल । २३ श्रावण २०८१, बुधबार ०९:०८