जुम्लामा भालुको आक्रमणबाट महिला घाइते

जुम्लाः जुम्लामा भालुले आक्रमण गर्दा एक जना महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा जुम्ला चन्दननाथ नगरपालिका–८ जाते भिर बस्ने ४० बर्षका मैया बुढा रहेकी छन्।

उनी सोमबार दिउँसो १ बजे खतवाला लेकमा दाउरा लिन गएको अवस्थामा जंगली भालुले आक्रमण गरी टाउको र घाँटिमा चिथोरेर घाइते बनाएको थियो।

घाइते बुढाको हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ। उनको अवस्था बोल्ने सक्ने रहेको डाक्टर मंगल रावतले जनकारी दिए।