भीरबाट लडेर एकजनाको मृत्यु

जुम्लाः जुम्लामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका–१ रारा निवासी ६० वर्षीय लालसरी रावतको घटना स्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

विहीवार दिउँसो १२ बजेतिर घरबाट गहुँको पिठो मिस्न घट्ट जाने क्रममा घाट भीरबाट ५० मिटर तल खसेर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रावतको शवलाई पोष्टमार्टमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।